Logo
Logo

एमालेले पोखरा, काठमाडौं र विराटनगरका उम्मेदवारको नाम टुंगो लगाउँदै


20k
Shares

काठमाडौं । नेकपा एमालेले आज महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको नाम टुंगो लगाउने भएको छ । उम्मेदवारको नाम टुंगो लगाउन अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालयकाे बैठक जारी छ ।

प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङका अनुसार देशभरका ६ महानगर मध्ये ३ महानगरबाट एक–एक जनाको मात्र नाम सिफारिस भएको छ । ललितपुर, भरतपुर र वीरगन्जबाट एक–एक जनाको मात्र नाम सिफारिस भएको हो । ति महानगरबारे समस्या नभएकाले बाँकी तीन महानगरको उम्मेदवारबारे पार्टी आज निर्णय गर्ने उनले जानकारी दिए ।

जारी एमालेको सचिवालय बैठकले पोखरा, काठमाडौं र विराटनगरबाट उम्मेदवार सिफारिस भएका नामहरूबाट एक–एक जना उम्मेदवारको नाम टुंगो लगाउनेछ । त्यसैगरी आजै उपमहानगरका उम्मेदवारको नाम समेत टुंगो लगाउने भएको छ ।

सचिवालय बैठक अघि अध्यक्ष ओलीले प्रदेश अध्यक्ष र इञ्चार्जहरुसँग उम्मेदवार टुंगो लगाउने सवालमा छलफल गरेका थिए । अध्यक्ष र इञ्चार्जहरुसँगको छलफलका कारण दिउँसो ३ बजेका लागि तय भएको बैठक साँझ ६ बजे मात्र सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्