Logo
Logo

गठबन्धनको पक्षमा माहोल बनेको छ : अध्यक्ष नेपाल


441
Shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् । सत्तापक्षीय गठबन्धनले आज आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका उनले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दाबी गरे ।

अध्यक्ष नेपालले भने, “राम्रोसँग व्यवस्थापन गरेका छौँ ।” ‘सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै उनले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह गरे । चुनावको माहोल अनुकूल बनाउने भन्दै अध्यक्ष नेपालले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताए ।

भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोसिस भइरहेको अध्यक्ष नेपालले बताए । राजनीतिक मान्छेले राजनीतिकरूपमा सोच्छ भन्दै उनले आफूलाई केन्द्रविन्दुमा राख्दैन, सिंगो पार्टीलाई केन्द्रमा राख्छ भने ।

“हामीले नेपालको राजनीतिक परिवर्तनमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ” अध्यक्ष नेपालले भने, “गठबन्धनमा आबद्ध दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनका उम्मेदवारको समर्थनमा लाग्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्