Logo
Logo

एक राउण्ड गोली र सालकको खपटासहित पक्राउ


630
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तुसहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गोली र वस्तुसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै, काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित युनिभर्सल लन्च एण्ड बार होटलबाट करिब ४ किलो ५ सय ग्राम सालकको खपटासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं चाबहिल बस्ने सर्लाही बाग्मती नगरपालिका–३ घर भएका ३२ वर्षीय सुबिलाल सिङ्तान र काठमाडौं थलि बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका–२ घर भएका २१ वर्षीय सुवास बिष्ट रहेका प्रहरीले जनाएको छ ।

उक्त होटलमा अवैधरुपमा दुर्लभ वन्यजन्तु सालकको खपटा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त नयाबाँनेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खपटासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्