Logo
Logo

विमलेन्द्र निधिद्वारा धनुषाको चुनावी सभा बहिस्कार


7.2k
Shares

धनुषा । वक्तामा आफ्नो नाम नपरेपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिच्किएका छन् । धुनषामा शनिबार हुने कांग्रेसको चुनावी सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचीमा आफ्नो नाम नपरेपछि उनी बिच्किएका हुन् । उनले सभा बहिस्कार गर्ने भएका छन् ।

निर्वाचन परिचालन समितिले तयार बनाएको सूचीमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे, महेन्द्र यादवसहित भनिएको छ ।

शीर्ष तहका नेताहरु देशका विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने गरी परिचालन समितिले नाम सार्वजनिक गरेको थियो । उक्त सूचीमा निधिको नाम कहीं पनि उल्लेख छैन । जनकपुरको सभामा समेत उनको नाम समावेश नगरिएपछि नेता निधिले धनुषामा हुने चुनावी सभालाई बहिष्कार गर्ने धनुषा कांग्रेस उपसभापति गणेश झाले बताए ।

‘पार्टीले बनाएको नेताको लिष्टमा दाइको नाम नै छैन, लगायतका नेता लेखेर कहाँ हुन्छ ?’ उनले भने, ‘त्यसैले पर्सि धनुषामा हुने चुनावी सभामा विमलेन्द्र दाइ आउनुहुन्न ।’

नेताहरुकै गृह जिल्लामा समेत नाम उल्लेख नगरेकोमा आफूहरुको आपत्ति रहेको उनको भनाइ छ । चुनावी सभामा सहभागी हुने केन्द्रीय नेताहरुको सूची बनाउने क्रममा निधिसँग परिचालन समितिले कुनै छलफल समेत नगरेको झाले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्