Logo
Logo

रेणुलाई भोट हाल्न देउवाको निर्देशन


3k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरको उम्मेदवार रेणु दाहालले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

सत्ता गठबन्धनले बिहीबार भरतपुरमा अयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले रेणुले मेयर हुँदा भरतपुरमा अत्यन्तै राम्रो काम गरेको भन्दै प्रशंसा गरेका हुन् ।

उनले भने, ‘यस्तो काम गर्ने मान्छे मेयर नभएर को हुन्छ त ? उहाँ (रेणु)ले जित्नहुन्छ, जितिसक्नुभएको छ, यस्तो काम गर्ने मान्छेलाई हराउने मान्छेलाई हरायो भने भरतपुरका जनताले के भन्लान् ?’

सभापति देउवाले रेणुलाई भोट गरेर जिताउने कार्यकर्तालाई निर्देशन दिए । उनले आफ्नो पार्टीबाट कुनै बठ्याईं हुन नदिने समते बताए । उनले भने, ‘उहाँ (रेणु)ले जितिसक्नु भएको छ । हाम्रो पार्टीले कुनै बठ्याईं गर्ने छैन । सबै साथीहरुले साथ दिनुहोस् ।’

रेणुलाई जितलाउने कांग्रेसको कर्तव्य भएको उनको भनाइ थियो । उनले भने, ‘रेणुलाई जिताउनु हाम्रो कर्तव्य हो । यति राम्रो काम गर्ने मेयर नजिताए चितवनका जनताले के भन्लान् ?’

रेनुजी बेरुजु नभएको नगरपालिकाको मेयर भएको देउवाको भनाइ छ । ठाउँठाउँ पिच भएको, हरेक गल्लीमा पिच भएको र रेनुले स्मार्ट सिटी, क्रिकेट पिच र अन्तर्राष्ट्रिय कन्फरेन्स हल बनाउने भनेको भन्दै देउवाले सोधे– सानो कुरा हो ?

उनले एक्लै कुनै पनि पार्टीले बहुमत नल्याउने भएकोले गठबन्धन आवश्यक पर्ने बताए । साथै उनले चितवनमा गठबन्धनको विरोध हुनु भनेको गठबन्धन टुटाउने षड्यन्त्र भएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्