Logo
Logo

नेपाल टि-२० क्रिकेट लिग ८ असोजदेखि ५ कात्तिकसम्म हुने


315
Shares

काठमाडौं । नेपाल टि–२० क्रिकेट लिग असोज ८ देखि कात्तिक ५ सम्म हुने भएको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले लिगको आधिकारिक घोषणा गर्दै असोज ८ देखि कात्तिक ५ सम्म हुने लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने जनाएको हो । खेल त्रिवि मैदान कीर्तिपुरमा हुने छ ।

यसअघि विज्ञप्तीमार्फत लिगको घोषणा गरेपनि क्यानले मिति घोषणा गरेको थिएन । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजना अधिकार दिएर क्यान आलोचित बनेको थियो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको आधिकारिक टी–२० लिग घोषणा गर्न पाउँदा खुशी लागेको बताए ।

क्यानको साधारण सभाबाट दुई पटकसम्म टी–२० लिग गर्न सरकारले स्वीकृति नदिँदा रद्द गर्ने कि भन्ने सोचमा समेत पुगेको उनले बताए । दुई वर्षको मिहिनेतपछि लिग घोषणा गर्न सफल भएको उनको भनाइ छ ।

यसको पहिलो संस्करण सेप्टेम्बर २४ देखि अक्टुबर २२ सम्म हुनेछ । आगामी १५ दिनमा टिमलगायत सबै कुरा घोषणा हुने उनले बताए । नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले यसलाई नेपाली क्रिकेटको ऐतिहासिक दिन भएको दावी गरे ।

२०७६ मा चतुरबहादुर चन्दको नयाँ नेतृत्व आएदेखि नै फ्रेन्चाइज लिग गर्ने सोचमा भए पनि कोभिड महामारी लगायतले गर्दा ढिला भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्