Logo
Logo

११ हजार बढी मतले बालेनको अग्रता


1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयरका उम्मेदवार वालेन साहले प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका केशव स्थापित भन्दा ११ हजार बढीले अग्रता लिएका छन् ।

बिहीबार चार बजेसम्मको गणनामा वालेन साहले २३ हजार ५८४ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका स्थापितले १२ हजार ३८० मत मात्रै ल्याएका छन् ।

त्यस्तै, उपमेयरका उम्मेदवार एमालेका सुनिता डंगोलले २१ हजार ४३७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ४३७ मत मात्रै ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्