Logo
Logo

इनरुवाको मेयर र उपमेयरमा कांग्रेस विजयी


5.6k
Shares

सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारी र विनिताकुमारी मेहता निर्वाचित भएका छन् । भण्डारी ११ हजार ८२४ मतका साथ मेयरमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी नेकपा एमालेका सरोजकुमार पोखरेलले ९ हजार ५३ मत पाए ।

यस्तै, उपमेयरमा निर्वाचित मेहताले ११ हजार ४८० मत पाइन् भने उनका प्रत्यासी नेकपा एमालेका सहजादी प्रविन (आलम)ले ९ हजार ३३७ मत पाएका छन् । मेयरमा निर्वाचित भण्डारी कांग्रेस सुनसरीका सभापतिसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्