काठमाडौं । क्रेन बेबीकाे आफ्नो नयाँ लाइनअप दरबारमार्गमा लन्च गरेको छ। यस लाइनअपको अभिनेत्री प्रियंका कार्की, जेनिशा मोक्तान, रेनशा राई राणा र मिनिषा भट्टराईले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

क्रेन एक अमेरिकी ब्रान्ड हो, जुन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणहरूका लागि विश्वव्यापी ग्लोबल ब्रान्डका रूपमा प्रख्यात छ ।
यसले नयाँ अभिभावकहरूलाई छनोट गर्न एक सयभन्दा बढी उत्पादनहरूका विकल्प प्रदान गर्दछ । क्रेन बेबीका उत्पादनहरू स्तरिय, गुणस्तरीय र इको– फ्रेण्ड्ली रहेको कम्पनीको भनाइ छ ।
नेपालको पहिलो बेबिज र किड्स प्रिमियम मल्टि ब्रान्ड आउटलेट, आइएम एस लिटल स्माइल दरबारमार्गस्थित दरबार मल र कमलपोखरीस्थित सिटी सेन्टरमा अवस्थित छ ।
मल्टि ब्रान्ड आउटलेटमा अन्तर्राष्ट्रिय ब्रान्डहरु जस्तै डा. ब्राउन, बीबीलुभ, ड्रिमबेबी, हिमालयन बेबी केयर, क्रेन, फिमी, डि जे आइ, इनजाईजर, लाइनरफ्लक्स र अन्य ब्रान्डहरु उपलब्ध छन् ।












