Logo
Logo

सिटीले जिल्यो प्रिमियर लिग


693
Shares

काठमाडौं । दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

सिजनको आफ्नो अन्तिम खेलमा आइतबार राति एस्टन भिल्लालाई ३–२ गोल अन्तरले हराउँदै सिटी छैटौं पटक च्याम्पियन बनेको हो ।

खेलको ३७औं मिनेटमा म्याटि क्यासले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि इल्के गुन्डोगान चम्किए । अनि सिटीले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७६औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा ल्याए ।

७८औं मिनेटमा रोड्रीले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ८१औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–२ को जित दिलाए । जितसँगै सिटीले ३८ खेलमा ९३ अंक जोड्यो ।

स्थानको लिभरपुललाई १ अंकले पछि पार्दै सिटीले उपाधि जितेको हो । एस्टन ४५ अंक जोडेर १४औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्