
काठमाडौ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०७९/८० को बजेटमा कृषिलाई प्राथमिकतामा राख्न माग गरेको छ ।
कृषिको व्यावसायीकरण, यान्त्रीकरण, औद्योगीकरण र सहकारीकरण, वैज्ञानिक भूमिसुधारको कार्यान्वयन, भूमिहीनताको अन्त्य गरी सुकुम्बासीमुक्त देश बनाउन केन्द्रको माग छ । केन्द्रले सोमबार एक विज्ञप्ति प्रशासित गर्दै उत्पादन र स्वामित्वका आधारमा किसानको वर्गीकरण गरी परिचय–पत्र वितरण, परिचय–पत्रका आधारमा सेवा, सुविधा, अनुदान, कृषि ऋण र विमा लगायतका सुविधा प्रदान अनुरोध गरेको हो ।
‘किसान पेन्सनको व्यवस्था, कृषि अनुदानमा भएको भ्रष्टाचारको अन्त्य, समयमा किसानलाई गुणस्तरीय बिउबिजन र मलखाद उपलब्ध गराउन, न्यूनतम् समर्थन मूल्य तोक्न जोडदार माग गर्दाछौं,’ महासंघ अध्यक्ष चित्रबहादुर श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन, कृषिमा आयात प्रतिस्थापनका कार्यक्रलाई बजेटमा प्राथमिकतामा राखियोस् ।’












