Logo

राष्ट्रपति कप जुनियर व्याडमिण्टन प्रतियोगिता शुरु


Published On : 9 January, 2019

विराटनगर, २४ पुस (रासस) ः राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा प्रतियोगिताको आज यहाँ उद्घाटन गर्नुभयो । 



सो अवसरमा उहाँले प्रतियोगिता सञ्चालनबाट यस क्षेत्रमा जुनियर खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

मोरङ जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आज भएको यु –१९ को खेलमा नेपालका प्रिन्स दाहाल, प्रफुल महर्जन, सत्यम सुब्बा, प्रनिषसिंह ठकुरी, पविन लिन्थेप र म्यानमारका थु रिन रहेका छन् । 

प्रतियोगिताको यु–१५ तर्फ नेपालका रोहित बराल, विवेक चौधरी, उज्जल श्रेष्ठ र नरेन्द्र बम विजयी भई अन्तिम आठमा पुगेका छन् । 

प्रतियोगिता यु–१५ ब्वाइज र गल्र्स एकल तथा यु–१९ ब्वाइज र गल्र्स एकल तथा युगल गरि ६ स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका विजयीलाई रु दुई लाख ५० हजार बराबरको नगद पुरस्कार राशी प्रदान गरिने छ । 

प्रतिक्रिया दिनुहोस्