एजेन्सी । मेक्सिकोको दक्षिणी शहर कुएर्नाभामा उद्घाटन गर्दागर्दै पुल भत्किएको छ । एउटा पुल भत्किँदा मेयरसहित दर्जनौं मानिस घाइते भएका छन् ।

रमणीय पार्क–छेउको झोलुङ्गे पुल उद्घाटन गर्दागर्दै एक्कासी भत्किएको सार्वजनिक भिडियोमा देखिन्छ । मोरेलोस राज्यका गर्भनर कुउहटेमोक ब्लान्कोले मयेर जोसे लुइस उरिओस्टेगुइ नालामा खसेर सामान्य घाइतेको पुष्टि गरेका छन् ।
उद्घाटनका लागि पुलमाथि हिँडिरहेका मेयर जोसे लुइस उरिओस्टेगुइसहित शहरका दर्जनौं सरकारी अधिकारीहरू नालामा खसेका छन् । भिडियोमा भनिएको छ- ‘पुलको उद्घाटन समारोह चलिरहेको थियो। त्यसका लागि थुप्रै मानिसहरू पुलमाथि हिँडिरहेका थिए । लगतै झोलुङ्गे पुल भत्कियो ।’
पुल भत्किँदा थुप्रै मानिसहरू नालामा खसेर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीयवासीका अनुसार क्षमताभन्दा बढी मानिस त्यहाँ पुग्दा झोलुङ्गे पुल भत्किएको हो ।
#LoMásVisto | Así se vivió el colapso del puente colgante del Pase Ribereño en #Cuernavaca.
Información: @Reportero1965
Imagen: @isracortes05 pic.twitter.com/ABZT9kQPeA— Nueve Morelos (@TelevisaMorelos) June 8, 2022











