
काठमाण्डौ । नेपालले एएफसी एसियन कप छनोटको दोस्रो खेलमा आज कुवेतको सामना गर्दैछ ।
खेल कुवेतको जाबिर अल अहमद रंगशालामा राति १० बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल जोर्डनसँग २–० गोलले पराजित भएको थियो ।
कुवेतले पनि पहिलो खेलको नतिजा इन्डोनेसियालाई सुम्पेको थियो । अंकविहीन नेपाल तालिकाको पुछारमा छ । कुवेतले पनि अंक जोड्न सकेको छैन । जोर्डन शीर्ष स्थानमा छ ।
नेपालले अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्ष र दोस्रो टोलीले एसियन कप खेल्नेछन् ।











