Logo
Logo

अमेरिकाको सामना गर्दै नेपाल


567
Shares

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय ओडीआई सीरिजमा नेपाल र अमेरिका भिड्दैछन् ।

खेल नेपाली समयअनुसार शनिबार राति सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ । हालसम्म नेपाल–अमेरिका एकदिवसीयमा ४ पटक आमनेसामने भएका छन् । त्यसमा नेपाल ३ र अमेरिका १ खेलमा विजयी भएका छन् ।

शुक्रबार पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल १३ खेलमा ६ मा जित र सातमा हारका साथ छैटौँ स्थानमा छ । त्यस्तै अमेरिका २१ खेलमा १० मा जित र ११ हारसहित २० अंककासाथ चौथो स्थानमा छ ।

शीर्ष ३ मा रहने टोलीले आगामी वर्ष हुने विश्वकप खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्