Logo
Logo

टि– २० क्रिकेटमा नेपालका पाँच रेकर्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असार ।
मलेसियाविरुद्ध २ खेलको टी–२० अन्तर्रा्ष्ट्रिय सिरिजको दुवै खेल जित्दै नेपालले सिरिज ‘क्लिन स्विप’ गर्दा पाँच वटा रेकर्ड समेत बनाएका छन् । टि– २० मा उच्च स्कोरसहितका रेकर्ड नेपालले बनाएको हो ।

नेपालले आइतबार भएको दोस्रो खेलमा मलेसियलाई ६ रनले पराजित र्गयो। यसअघि शनिबार भएको पहिलो खेलमा शनिबार नेपाल ७ विकेटले विजयी भएको थियो।
क्वालालम्पुरस्थित किनरारा ओभलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७३ रन जोड्यो। जवाफी ब्याटिङ गरेको मलेसियाले ७ विकेट गुमाएर १६७ रन मात्र जोड्न सक्यो। यो खेलमा नेपालले पाँच वटा रेकर्ड बनाएको छ ।

उच्च स्कोर
१७३ रन बनाउनु नेपालको टी–२० अन्तर्रा्ष्ट्रिय खेलमा उच्च स्कोर हो। यसअघि नेपालको टी(२० अन्तर्रा्ष्ट्रिय खेलमा उच्च स्कोर १४९ रन थियो। सन् २०१४ को टी(२० विश्वकपमा नेपालले हङकङविरुद्ध ८ विकेटको क्षतिमा १४९ रन जोडेको थियो।

पहिलो क्लिन स्विप
नेपालले टी(२० अन्तर्रा्ष्ट्रिय सिरिज पहिलो पटक २(० क्लिन स्विप गरेको हो।

५ महिनाअघि युएई विरुद्धको ३ खेलको सिरिज नेपालले २(१ ले जितेको थियो। सो जित नेपालको पहिलो सिरिज जित हो। त्यसअघि नेपालले नेदरल्यान्ड्स र हङकङविरुद्धको टी(२० सिरिज गुमाएको थियो।

दुवै इनिङमा गरी उच्च योगफल
नेपाल र मलेसियाबीच भएको दोस्रो खेलमा दुवै इनिङमा गरी १३ विकेटको नोक्सानीमा ३४० रन बन्यो। यो योगफल नेपालले खेलेको टी(२० अन्तर्रा्ष्ट्रिय खेलको उच्च हो।

यसअघि गत जनावरीमा युएईविरुद्धको खेलमा २८५ रन बनेको थियो।

कम अन्तरको जित
मलेसियामाथि हात पारेको ६ रनको जित नेपालको टी(२० अन्तर्रा्ष्ट्रिय खेलको कम अन्तर (रनको आधारमा) को जित हो।

यसअघि रनको आधारमा कम अन्तरको जित अफगानिस्तानविरुद्ध थियो। सन् २०१४ को टी(२० विश्वकपमा नेपालले अफगानिस्तानलाई ९ रनले हराएको थियो। त्यतिबेला नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १३३ रन मात्र बनाउन सकेको थियो।

नेपालले विकेटको आधारमा कम अन्तरको जित भने नेदरल्यान्डविरुद्ध (३ विकेट) हात पारेको छ। सन् २०१५ नेपालले नेदरल्यान्ड्सले दिएको १४० रनको लक्ष्य २ बल बाँकी छदा ७ विकेटको क्षतिमा पार गरेको थियो।

विनोदको छिटो अर्धशतक
आइतबार विनोद भण्डारीले नेपालका लागि टी(२० खेलमा छिटो अर्धशतक बनाउने रेकर्ड पनि कायम गरे।

उनले २५ बलमा अर्धशतक पूरा गरेका थिए। नटआउट ५१ रन जोडेका विनोदले ३ चौका र ५ छक्का हिर्काए।

यसअघि यो रेकर्ड कप्तान पारस खड्काको नाममा थियो। उनले शनिबार मलेसियाविरुद्ध नै ३२ बलमा अर्धशतक प्रहार गरेका थिए।

पारस नेपालका लागि टी(२० खेलमा २ अर्धशतक बनाउने एक्ला खेलाडी हुन्। टी(२० खेलमा नेपालका लागि सुवास खकुरेल र सन्दीप जोराले पनि अर्धशतक बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्