Logo
Logo

‘डिस्चार्ज’ भए मुख्य प्रशिक्षक अल्मुताइरी


693
Shares

काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् ।

खेलको ४८औं मिनेटमा अलमुताइरी मैदानको टेक्निकल एरियामा ढलेका थिए । जसबेला कुवेतले काउन्टरमा अट्याकमा गोल गरेको थियो । लगत्तै खेल ४ मिनेट रोकिएको थियो । मैदानमै प्राथमिक उपचारपछि उनलाई अस्पताल लगिएको थियाे ।

हाल उनको अवस्था सामान्य रहेको अस्पताल पुगेका अफिसियल कृष्णभक्त मानन्धरले बताए । मुटुमा समस्या रहेका अब्दुल्लाह केही दिनदेखि आफ्नो स्वास्थ ठिक नभएको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्