Logo
Logo

नेपालद्वारा ओमान ७ विकेटले पराजित


252
Shares

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।

अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा गएराति सम्पन्न ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जित सहज बनेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १६३ रन बनाउन सक्यो । १ सय ६४ रनको विजयी लक्ष्य नेपालले ३ विकेट गुमाएर ३३.१ ओभरमा पूरा गर्रयाे । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे । भुर्तेलले ७५ बलको सामना गर्दै ५६ रन बनाए ।

शेखले ८६ बलमा ६२ रन बनाए । यस्तै, देव खनालले १० तथा उपकप्तान रोहितकुमार पौडेलले अविजित २६ रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ७ रन बनाए । बलिङतर्फ ओमानका फायाज बटले २ तथा खवर अलीले १ विकेट लिए ।
ओमानका लागि कप्तान जीशन मक्सुदले अर्धशतकीय पारी खेले ।

उनले सय बलको सामना गर्ने क्रममा ५२ रनको योगदान दिए । यस्तै, सन्दीप गौडले ९१ बल खेल्दै ४७ रन बनाए । बलिङतर्फ नेपालका करन केसीले पाँच, कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

जितसँगै नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। नेपालले हालसम्म खेलेको १५ खेलमध्ये सातमा जित निकाल्दै १५ अंक जोडेको छ।

नेपालले अर्को खेल आज राति ९: १५ बजे घरेलु टोली अमेरिकासँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्