
काठमाडौं । नेपालले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।
मलेसियास्थित यूएसडी यूकेएम ओभलमा शुक्रबार भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको हो । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनाउन सक्यो ।
भुटानका छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोडिन् । यस्तै एनगावाङ छोडेनले ८, सोनाम छोडेनले ५ तथा पेमा सोल्डेनले ४ रन जोडे । नेपालकी संगीता राईले ४ विकेट लिईन् ।
कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य, सिता राना मगर र इन्दु वर्माले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।
नेपालका काजल श्रेष्ठले सर्वाधिक २६ रन, इन्दु बर्माले २०, कप्तान रुबिना क्षेत्रीले २१ तथा डोली भट्टले ५ रनको योगदान दिए ।यसैगरी सिता मगरले ४, ममता चौधरीले ३, बिन्दु रावलले १ तथा अश्मिना कर्माचार्य र ज्योति पाण्डे शून्य रनमा आउट भए ।
कविता कुँवर १ रनमा अविजित रहिन् । नेपालले शनिबार कुवेतसँग खेल्नेछ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ ।
च्याम्पियनसिपको फाइनल पुग्ने २ टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।











