Logo
Logo

एसीसी महिला टि-२० : नेपालको लगातार दोस्रो जित


882
Shares

काठमाडौं । नेपालले एसीसी महिला टि-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले कुवेतलाई २५ रनले हराउँदै लगातार दोस्रो जित निकालेको हो ।

जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनायो ।

कुवेतकी ओपनर प्रियादा मुरलीले ४० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक सर्वाधिक ३१ रन बनाइन् । कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जीफा जिलानी ६ र मरिम्मा हैदरले १६ बलमा १४ रन बनाइन् ।

नेपालकी सीता रानामगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । अश्मिना कर्माचार्य, संगिता राई र इन्दु बर्माले १–१ विकेट लिए ।

त्यसअघि किनरारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो ।

नेपालकी कप्तान रुविना क्षेत्री बेलबासले २७ बलमा ४ चौकासहित ३४ रनमा अविजित रहिन् । उपकप्तान इन्दु बर्मा ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो ।

यस प्रतियोगिता फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् । समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् ।

प्रतिक्रिया दिनुहोस्