
काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।
किनरारा ओभलमा नेपाल र हङकङबीचको खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौंथो निकाल्दै समूह विजेता बन्न चाहन्छ ।
नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ । हङकङले अहिलेसम्म १ खेल जितेको छ । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ ।
नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपालले भुटानलाई ५०, कुवेतलाई २५ र बहराइनलाई ८ विकेटले हराएको थियो ।च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।











