Logo
Logo

कांग्रेस सांसदसँग करोडौं अकुत सम्पति, मुद्दा दायरको तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असार ।
नेपाली कांग्रेसका सांसद तथा व्यवसायी सूर्यबहादुर केसीले करोडौंको अवैध सम्पति भेटिएको छ । सम्पतिको स्रोत खुलाउन नसकेकेपछि सम्पति शुद्धिकरण अनुसन्धान विभागले उनीविरुद्ध मुद्दा हाल्ने तयारी गरेको छ ।
बयान समेत लिएर अनुसन्धान अन्तिम चरणमा पुगेको विभाग स्रोत बताउँछ । व्यवसायबाट नभई अन्य अवैध धन्दाबाट उनले सम्पति थुपारेको विभागको अनुसन्धानमा खुलेको हो । उनको बैंक खाताहरु समेत रोक्का गरिएको छ ।

पोखराका चर्चित ब्यवसायी केसी पहिला राप्रपा सहप्रवक्ता थिए। राप्रपाबाट ०७४ कात्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए आर्थिक चलखेलकै आधारमा उनी समानुपतिकतर्फबाट कांग्रेसका सांसद बनेका हुन् । अवैध सम्पति जोगाउनकै लागि उनी कांग्रेस प्रवेश गरेको स्रोत बताउँछ । उनको हिमश्री फुड्स प्रालि , हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यू (सिक्लेस) हाइड्रोपावर प्रालि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंक लगायतमा लगानी छ । नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, नेपाल कलेज अफ इनफर्मेसन एण्ड टेक्नोलोजी, कालिका बहुमुखी पब्लिक क्याम्पस आदिका अध्यक्ष, संस्थापक तथा सञ्चालक समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्