Logo
Logo

पोखरामा भेटियो ‘पेन गन’


- दृष्टि न्युज/संवाददाता


पोखरा, १ साउन ।
पोखरामा पेन गन भेटिएको छ । लेख्न प्रयोग हुने कलमकै आधारमा बन्दुकसहित जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका-२४ कास्कीकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका-७ मासबार बस्दै आएका २४ वर्षिय सागर रानाभाटलाई प्रहरीले पेन गनसहित पक्राउ गरेको हो ।


यही असार २९ गते पक्राउ परेका उनलाई थप अनुसन्धान पश्चात कास्की प्रहरीले साउन १ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ परेका उनका साथबाट लागुऔषध सहित पेन गन र उक्त गनमा लाग्ने सात थान गोली सहित प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्