काठमाडौं । राष्ट्रिय जनमोेर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीति गर्नेहरुको जीवनमा मात्रै परिवर्तन आएको बताएका छन् ।
नरबहादुर कार्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा समाजवादः चुनौति र सम्भावना’ गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीवन परिवर्तन नभएको बताए ।

उनले राजनीति गर्नेहरुको जीवन मात्रै परिवर्तन मान्य नहुने बताए । उनले भने, ‘ हामी गणतन्त्र ल्याउनेहरु, प्रजातन्त्र ल्याउनेहरु, राजनीति ल्याउनेहरु, राजनीति गर्नेहरुको जीवनमा मात्रै परिवर्तन आयो । जनताको समस्यको समाधान भएन । जनताको गाँस, बाँस कपासको समस्यको समाधन गर्ने सकेनौं, हामी चुक्यौँ ।’
राजनीति गर्नेहरुले जति ठूला कुरा गरेपनि संघीय राजधानी काठमाडौंको फोहोर समेत फाल्न नसकेको अध्यक्ष केसीले बताए । ‘काठमाडांैको फोहोर समेत फाल्न सकेनौं, अरु त छाडिदिम् । हामीले जति ठूला कुरा गरे पनि काठमाडौं फोहोर फाल्न सकेको जनताले देखिरहेका छन्,’ उनले भने, ‘काठमाडौंको एउटा फोहोर फाल्न नसक्ने हामी मुलुकमा कलकारखाना खोलेर जनतालाई रोजगारी दिएर खाडी जानबाट कसरी रोक्न सक्छौँ ?’
उनले गणतन्त्र र बहुदलीय व्यवस्था सकिने पो हो कि भन्दै चिन्ता व्यक्त गरे । ‘यही गणतन्त्र, यही बहुदलिय व्यवस्था पनि आज कता–कता सिध्याउने हो भन्ने जगजगी हुन थाल्यो ।’











