
काठमाडौं । नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोलिटब्युरो १२५ सदस्यीय बन्ने घोषणा गरेका हुन् ।
अध्यक्ष प्रचण्डले आफ्नो छरी रेणु दाहाल र बुहारी बिना मगरलाई पनि पोलिटब्युरो सदस्य बनाएका छन्। प्रचण्डले यसअघि कान्छी छरी गंगा दाहाल र ज्वाई जीबन आचार्यलाई पनि केन्द्रीय सदस्य बनाएपछि पार्टीभित्र विवाद भएको थियो ।














