Logo
Logo

कोरोना संक्रमण बढ्दै, आज १७७ जनामा कोरोना पुष्टि


630
Shares

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको हो ।

कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्