Logo
Logo

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने


378
Shares

काठमाडौं । नेपाली काँग्रेसको सोमबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकको दोस्रो दिन मंगलबार सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए ।

मंगलबारको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु- चित्रलेखा यादव, उमा रेग्मीलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

पार्टीमा स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ संघ संगठनको विधानसहित विविध विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्