Logo
Logo

१३ बुँदे मागसहित त्रिवीमा अनेरास्ववियूकाे अनसन


378
Shares

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा शैक्षिक अपराधीकरण बढेको भन्दै नेकपा एकीकृत समाजवादी जिकट अनेरास्ववियूले आमरण अनसन सुरु गरेको छ ।

तत्काल स्ववियू निर्वाचनको मिति घोषणा लगायत विभिन्न १३ बुँदे मागसहित त्रिवि परिसरमा अनसन सुरु गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

एमफील र पीएचडीलाई नियमित गर्न, सेमेष्टर प्रणालीलाई व्यवस्थित गर्न, त्रिविका सबै संकायका पाठ्यक्रम परिमार्जन, सस्तो शुल्कमा पढाई, परिक्षा प्रणालीमा सुधार गरी छिटो र विश्वसनीय बनाउन माग गरिएको छ ।

यसैगरी परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट वितरण हुने ट्रान्सिकप, मार्कसिट, माइग्रेसन, प्रोभिजनल जस्ता प्रमाणपत्र प्रदेशबाट क्याम्पसमै उपलब्ध गराउनसमेत अनेरास्ववीयूले माग गरेको छ ।

राजजीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्ति गर्ने परिपाटी अन्त्य गरी प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने र त्रिविको चल अचल सम्पति सार्वजनिक गनुपर्ने मागसहित आमरण अनसन थालेको पराजुलीले बताए ।

आफ्ना जायज माग पुुरा नहुन्जेल अनसन जारी राख्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्