
काठमाडौं । नेपाली काँग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।
बैठक पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आजको बैठकमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिने भएका छन्। जारी केन्द्रीय कार्यसमितिको बैठकमा सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरुले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाशशरण महतले बताए। बुधबारको बैठकमा केही केन्द्रीय सदस्यहरुले सरकारको चर्को आलोचना गरेका थिए।
बुधबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकताका बारेमा धारणा राखेको महतले बताए।














