Logo
Logo

जसपाबाट राजीनामा दिएका रेणु केन्द्रीय समिति बैठकमा


4.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी सदस्यबाट राजीनामा दिएका नेता रेणु यादव वीरगन्जमा जारी केन्द्रीय समितिको बैठकमा सहभागी छन् ।

पार्टीबाट सरकारमा सहभागी मन्त्तीलाई फिर्ता बोलाउने सन्दर्भमा पार्टीले छलफल नगरेको भन्दै असन्तुष्ट यादवले बिहीबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा पत्र बुझाएका थिए ।

रेणुले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको हल्ला मात्र हो । उहाँले कार्यकारिणी सदस्यबाट राजीनामा दिनु भएको हो । केन्द्रीय समितिबाट होइन । उहाँ अहिले जारी बैठकमा सहभागी हुनुहुन्छ, जसपाका नेता आङकाजी शेर्पाले भने ।

शेर्पाका अनुसार रेणु जारी केन्द्रीय समितिको बैठकमा सहभागी छन् । उनले केन्द्रीय समिति बैठकको उपस्थिति पुस्तिकामा समेत हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्