Logo
Logo

पुष्पा भुसाल उपसभामुख निर्वाचित


25.5k
Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनका उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा कांग्रेसका सचेतकसमेत रहेकी भुसालले एमालेका उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेका हुन् ।

उपसभामुखमा निर्वाचित भुसालले १४८ मत प्राप्त गरे भने एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा भने ९३ मत मात्रै पर्‍यो । झण्डै तीन वर्षदेखि उपसभामुखविहिन रहेको प्रतिनिधिसभामा भुसालले नयाँ जिम्मेवारी पाएका हुन् ।

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । शुक्रबारको निर्वाचनमा २४२ सांसद उपस्थित थिए । एक सिट रहेको नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा सहभागी भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्