Logo
Logo

युवराज अधिकारीको मुद्दा हेर्न नभ्याइने सूचीमा


1.3k
Shares

काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुने भनिएको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीले दिएको रिट ‘हेर्न नभ्याइने’ सूचिमा परेको छ ।

अधिकारीले नेपाल वायुसेवा निगमका महाप्रबन्धक दिपुराज ज्वारचन र नेपाल वायुसेवा निगम कान्तिपथविरुद्ध दिएको रिट निवेदन हेर्न नभ्याइने सूचिमा परेको हो । सर्वोच्चले साउन १५ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।

अघिल्लो बिहीबार सर्वोच्चले निगमका निमित्त महाप्रबन्धक ज्वारचनलाई तत्काल अस्थायी नियुक्त नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ज्वारचनलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । उक्त आदेशसँगै अधिकारीलाई निगमका कार्यकारी अध्यक्षका रूपमा फर्किएका थिए ।

निगमका कार्यकारी अध्यक्ष रहेका अधिकारीलाई सरकारले गत असार ६ गते पदबाट निलम्बन गरेको थियो । त्यसपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार ९ गते ज्वारचनलाई निगमका निमित्त महाप्रबन्धकका रूपमा अस्थायी नियुक्ति दिएको थियो ।

उक्त निर्णयविरूद्ध अधिकारीले रिट हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्