Logo
Logo

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


2.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय,आलोकनगरमा बिहान ११ बजे बैठक सुरु हुने पार्टीका महासचिव वेदुराम भुसालले जानकारी दिए।

बैठकमा केही दिनअघि सम्पन्न केन्द्रीय परिषद् बैठकले गरेका निर्णयहरू अगाडि बढाउने सन्दर्भमा छलफल हुने उनको भनाइ छ।

पार्टीको यही असार १३ र १४ गते बसेको केन्द्रीय परिषद्को पहिलो बैठकले सत्ता गठबन्धनलाई कायम राखेर आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जाने निर्णय गरेको छ।

यस्तै, गठबन्धन हुन नसकेको अवस्थामा प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने गरी तयारी गर्ने पनि निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्