Logo
Logo

दुई न्यायाधीशलाई पदमुक्त गर्न न्याय परिषद्‍को सिफारिस


4.2k
Shares

काठमाडौं । न्याय परिषद्ले थप दुइ न्यायाधीशलाई पदमुक्त गर्न सिफारिस गरेको छ । उच्च अदालत सुर्खेतको जुम्ला इजलासका नसरुल्लाह अन्सारी र बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहलाई पदमुक्त गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सिफारिस गरिएको हो ।

खराब आचरण र कार्यक्षमताको अभाव देखीएको भन्दै उनीहरुलाई पदमुक्त गर्न सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । उनीहरूविरुद्ध परेका उजुरीमाथि अनुसन्धान र उनीहरूले गरेका फैसला अध्ययनपछि दोषी पाइएको प्रवक्ता कार्कीले बताए ।

परिषद्को सिफारिसअनुसार कामु प्रधानन्यायाधीश कार्कीले उनीहरू दुवैजनालाई आइतबार पदमुक्त गर्ने निर्णय गर्नेछन् । नवलपरासीका अन्सारी २०७३ पुस २९ मा सिधै उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । त्यस्तै रुकुमका शाह २०४३ साउन २६ मा न्याय सेवा प्रवेश गरेर २०६६ भदौ २३ मा जिल्ला न्यायाधीश नियुक्त भएका थिए ।

परिषद्ले अघिल्लो साता उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गरेको थियो । धनुषाकी साहले योग्यता ढाँटेर नियुक्ति लिएको भन्दै असार २४ मा उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्