Logo
Logo

दिल्लीमा प्रचण्ड-आरजु भेटप्रति विष्णु रिजालको टिप्पणी- ‘सत्ता बाँडफाँडको भद्दा भल्को’


945
Shares

काठमाडौं । भारत भ्रमणका रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसकी नेतृ आरजु देउवाबीच भएको भेटलाई एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ‘एउटा लज्जास्पद दृश्य’ भन्दै टिप्पणी गरेका छन् । जसलाई उनले ‘सत्ता बाँडफाँडको भद्दा भल्को’ समेत भनेका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस भेटघाटले २००७ सालमा राणा र काँग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाँटको भद्दा झल्को दिन्छ ।’

शुक्रबार भारत भ्रमणमा नयाँदिल्ली पुगेका अध्यक्ष प्रचण्ड र उपचारका लागि केही दिनअघि नयाँदिल्ली पुगेकी आरजु देउवाबीच शनिबार बिहान भेटघाट भएको थियो । सो भेटलाई लिएर एमालेका केन्द्रीय सदस्य समेत रहेका रिजालले सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाँटको अन्तिम टुङ्गो लगाउन उनीहरूको बीचमा भेटघाट भएको आशंका गरेका छन् ।

उनले २०७३ सालमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अपदस्थ गर्नुअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराबीच पनि दिल्लीमै भेटघाट भएको सन्दर्भ समेत उनले उल्लेख गरेका छन् ।

रिजालको स्टाटस जस्तोको तस्तै
एउटा लज्जास्पद दृष्य
प्रधानमन्त्रीपत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बॉडफॉटको भद्दा झल्को दिन्छ ।
२०७३ मा केपी ओलीलाई अपदस्थ गर्नुअघि शेरबहादुर देउवा र कृष्णबहादुर महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको थियो ।
सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बॉडफॉटको अन्तिम टुंगो लगाउने र हालै काठमाडौंमा भएका वार्ताहरूको विवरण बुझाउने उद्देश्य सफल हुँदा प्रचण्ड(देउवाहरू त खुसी होलान् । तर, यस्ता कुरुप दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शीर निहुरिएको छ ।

प्रतिक्रिया दिनुहोस्