Logo
Logo

बालेन सुन्ने मुडमा थिएनन्, मिडियाका लागि भेट्न आए : केशव स्थापित


5.4k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नेता केशव स्थापितले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घर पिच्छे पुगेर फोटो खिचेर कहीं नपुग्ने सुझाव दिएका छन् । स्थापितले केही दिनअघि आफनो निवासमा पुगेका मेयर शाह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको पनि खुलाए ।

स्थापितले भने, ‘मेरो फोटो खिचेर, केशव स्थापित कहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्‍याउँदैन । काठमाडौंले यस्तो मान्छे खोजेको होइन । मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ, ऊ भरिभराउ भएर आएको थियो ।’

‘यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु। मैले उसलाई सबैभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्