काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको वचाउ गर्न सक्ने अवस्था नभएको टिप्पणी गरेका छन् ।शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन् ।

विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारको तीव्र आलोचना गरेका आफूहरुलाई अहिले आफ्नै सरकारको वचाउ गर्न गाह्रो भएको भन्दै उनले भने, ‘हिजो सरकार कसरी चलाउने हामीले भन्यौं ? आज हामीले प्रतिरक्षा गर्ने अवस्था छ ?’














