काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई खेद्ने काम गरेको टिप्पणी गरेका छन् । शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै प्रधानमन्त्री समेत रहेका देउवाले खेद्ने काम नगर्न नेता शेखर कोइरालालाई आग्रह गरेका हुन् ।

उनले कोइरालालाई साथै लिएर जान चाहेको र विगतमा आफूलाई पनि पार्टीभित्र अप्रिय व्यवहार भएको भन्दै त्यसलाई दोहोर्याउन आफूले नचाहेको बताए ।कोइराला पक्षले भ्रातृ संगठनको नेतृत्व चयन गर्दा एकलौटी गरेको भन्दै आलोचना गर्दै आएका छन् ।
सभापति देउवले भने, ‘बैठक बस्न परे केन्द्रीय कार्यालयमा गर्नुस् । मलाई खेद्ने काम नगर्नुस् । पार्टी बलियो बनाएर लैजान्छु ।’














