Logo
Logo

दृष्टिका १० हेडलाइन्स्ः प्रचण्डको भारत भ्रमणदेखि देउवाको आलोचनासम्म


756
Shares

१. भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष राजनीतिक भेटवार्तामा व्यस्त, भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता, आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै, भोदीसँगको भेटमा सन् १९५० को सन्धि, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदन लगायत विषयमा छलफल हुने ।

२. आउँदो प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन गरेरै अघि बढ्ने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाइ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अहिले चटक्कै छोडेर हिँड्न मिल्ने भन्दै गठबन्धन कायम राख्नु पर्नेमा जोड, स्थानीय तहको निर्वाचनमा कांग्रेस ठूलो पार्टी भएको र पहिलेको भन्दा केही सिट थप जितेकोले अबको निर्वाचनमा पनि गठबन्धन आवश्यक रहेको धारणा ।

३. प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पार्टी भित्रैबाट व्यापक आलोचना, प्रधानमन्त्री देउवाले अपेक्षाकृत काम गर्न नसकेका कारण आफ्नै सरकारको बचाउ नर्ग सक्ने अवस्था नरहेको महामन्त्री गगन थापाको आरोप, सभापतिको हात बलियो बनाउने भनेर तेलको कचौरा लिएर सभापतिको पाखुरामा लाउन नसकिने उपसभापति धनराज गुरुङको प्रतिकृया, भ्रातृसंगठनबारे निर्णय लिँदा शेखरलाई नसोधिएको भन्दै सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारबाट देउवाको आलोचना ।

४. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वाम तालमेल वा एकताका लागि पहल गर्न नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको आग्रह, वाम एकताको चाहना रहे नेपाली कांग्रेससँगको गठबन्धन तोडेर आउन नारायणकाजीलाई ओलीको जवाफ, देशविरुद्ध नभएर देशको पक्षमा काम गर्नका लागि कांग्रेसविहीन गठबन्धन आवश्यक रहेको धारणा ।

५. नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, कूटनीतिक संवादमार्फत दुई मुलुकबीचमा देखिएका समस्या समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुनेमा जोड, नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने धारणा ।

६. भूराजनीतिक हिसाबमा नेपालको पोजिसन संवेदनशील हुँदै गएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको भनाइ, भूराजनीतिक कारण नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिनु परेको दावी, रसियाले युक्रेनमाथि गरेको आक्रमणमा भारत र चीनसमेतले तटस्थ बसेको अवस्थामा नेपालले एउटा पक्षमा पक्षमा भोटिङ गर्ने कार्यले प्रश्न उब्जेको धारणा, भूराजनीतिक असन्तुलन भएकै कारण दुनियाँमा धेरै ठूला घटना भएकाले सचेत हुने पर्नेमा जोड ।

७. चौतर्फी विरोध भएपछि हतियार किन्ने योजनाबाट सरकार पछि हट्यो, हतियार किन्ने सरकारको योजना नरहेको गृहमन्त्री बालकृष्ण खाणँको भनाइ, हतियार किन्ने प्रहरीको नियामित प्रकृया रहेकोले विरोध गर्नुको औचित्य नरहेको धारणा, हतियार किन्ने निर्णय वर्तमान सरकारको नभइ पुरानो सरकारको निर्णय रहेको दावी ।

८. अर्थतन्त्रबारे सरकारले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको भनाइ, देश श्रीलंका बन्दैछ भन्ने त्रास चिर्न श्वेतपत्र जारी गर्नु अत्यावश्वयक रहेको धारणा, श्वेतपत्र जारी गर्नका लागि प्रमुख प्रतिपक्षी लगायत संसदमा रहेका सबै दलहरु एवं विज्ञ अर्थशास्त्रीहरुसहितको सर्वपक्षीय छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव ।

९. एक वर्षमा देशभरका ३७२ भूमिहीन दलित र भूमिहीन सुुकुम्बासीले जग्गाको स्वामित्व पाए, सुकुम्बासी पहिचानदेखि विगत लामो समयदेखि विद्यमान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको दीर्घकालीन समाधानका लागि भएका प्रयास सरकारको महत्वपूर्ण उपलब्धि, चितवन, सिन्धुली, मकवानपुर, झापा, सुर्खेत र कैलाली लगायतका भूमिहीन दलित र भूमिहीन सुुकुम्बासी लाभान्वित ।

१०. राजनीतिक तथा आर्थिक संकट झेलिरहेको श्रीलंकामा ऊर्जासँगै इन्धन अभाव, इन्धन खरिदका लागि रुससँग छलफल, मुलुकमा भइरहेको इन्धन अभाव टार्न रूसी सरकार र इन्धन उत्पादक कम्पनीसँग छलफल भइरहेको विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराको भनाइ, आर्थिक संकटले दुई करोड श्रीलंकाली प्रभावित भएको बेला इन्धन खरिदका लागि क्रेडिट लाइन दिएको भन्दै भारतसँग श्रीलंका कृतज्ञ ।

प्रतिक्रिया दिनुहोस्