
डोटी । डोटीमा खानेतेल, साग, तरकारीलगायत उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्यवृद्धिले विपन्न वर्गलाई बढी असर पुगेकाे छ ।
मूल्यवृद्धिसँगै उपभोक्ताले दैनिक आवश्यक पर्ने साग, तरकारीदेखि खानेतेलसमेत किन्न सकेका छैनन् । साँझ–बिहान खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको दिपायल पिपल्लाका सोनु कामीले बताए ।
‘मूल्यवृद्धिका कारण दैनिक आवश्यक पर्ने तेल, तरकारी किन्न सक्ने अवस्था पनि भएन, हामी गरिखाने वर्ग मारमा पर्याैं ।’ दिपायल बजारमा खानेतेलको मूल्य प्रतिलिटर ३ सय ६० पुगेको छ ।
यसैगरी गेलभेँडाको मूल्य बढेर १ सय ६० प्रतिकिलो पुगेको छ । यसैगरी आलु सय, भिन्डी ७०, काउली ९०, रायोको साग मुठाको ५०, लौका र फर्सीकिलोको ४० देखि ५० पुगेको स्थानीय दीपकबहादुर साउदले बताए ।
तरकारी र तेलको मूल्य महँगो हुँदा विपन्न समुदाय निकै मारमा परेका छन् । तराईबाट तरकारी तथा तेल आयात गरिने भएका कारण मूल्यवृद्धि भएको दिपायलका तरकारी व्यवसायी बब्ली श्रीवास्तवले बताए ।











