Logo
Logo

अमेरिकाको मलमा गोली चल्यो, ३ जनाको मृत्यु


567
Shares

न्युयोर्क । अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ । सो हमलामा अन्य तीन जना घाइते भएका छन् ।

ग्रीनवुड पुलिसले आफ्नो फेसबुक पेजमा उक्त घटनाका प्रत्यक्षदर्शीलाई आवश्यक जानकारीका साथ विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबैभन्दा पछिल्लो घटना हो, जहाँ बन्दुक आक्रमणमा हरेक वर्ष ४० हजार जनाको मृत्यु हुन्छ ।

जुलाई ४ मा शिकागोस्थित एउटा परेडमा अन्धाधुन्द गोली चलाउँदा ७ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन दर्जन घाइते भएका थिए । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको एउटा समितिले हतियारमाथि प्रतिबन्ध लगाउने विधेयकमा २० वर्षमा पहिलो पटक यसै साता मतदान गर्ने तयारी गरेको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000