Logo
Logo

मन्त्री हेरफेरका कारण विधेयक पास हुन सकेनन् : सभामुख


2.3k
Shares

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न नसकिएको टिप्पणी गरेका छन् । साेमबार पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटाले मन्त्री हेरफेरका कारण ढिलाइ पनि भएको बताए ।

संसद्‍ विधेयक पारित गर्ने काममा लागेको र काम भइरहेको उनले बताए । सभामुख सापकाेटाले केही महत्त्वपूर्ण विधेयक पारित भएको र केही विधेयक प्रक्रियामा रहेकाे बताए ।

उनले भने, ‘याे बजेट अधिवेशन भए पनि १५ विधेयक पारित भएका छन् । पाँचवटा संसदीय समिति र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस भएका छन्,’ उनले भने, ‘मेरो याेग्यताकाे परख गर्ने वातावरण बनेको थिएन ।’

नागरिकता लगायतका विधेयक पारित गर्ने क्रममा रहेकाे पनि सभामुख सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्