Logo
Logo

राष्ट्रियसभामा प्रतिवेदन पेश


189
Shares

काठमाडौँ । “शपथसम्बन्धी विधेयक, २०७८” सम्बन्धी विधेयक व्यवस्थापन समितिको प्रतिवेदन सङ्घीय संसद्, राष्ट्रियसभा समक्ष पेश गरिएको छ । सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सो प्रतिवेदन पेश गरे ।

आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएक थिए ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त सङ्घीय सदनको दुवै बैठकबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणको लागि पेश हुन आएका बिरुवा संरक्षण ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक, बीउबिजन ऐन २०४५ लाई संशोधन गर्न बनेको विधेयक २०७९ बारे जानकारी गराउनुभएको थियो । त्यसैगरी लोकसेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९, आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा कार्य गर्न बनेको विधेयकबारे सभासमक्ष उहाँले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्