Logo
Logo

देश संविधान कार्यान्वयनको दिशातर्फ अघि बढिरहेको छ : ईश्वर पोखरेल


882
Shares

विराटनगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल प्रदेश नं १ कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको हो भने। वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ ।’

आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्न दाबी गर्दै निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताए । उनले भने, ‘निर्वाचनमा स्थानीय आवश्यकतानुसार तालमेल हुनसक्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश नं १ को नामकरण प्रदेशसभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्