Logo
Logo

सिन्धुपाल्चोकमा बाढीपहिरोको त्रास : स्थानीयवासी रातभर घर बाहिरै


630
Shares

फाइल फाेटाे

सिन्धुपाल्चोक । गएरातिको वर्षालेआएको बाढीले ठाउँ–ठाउँमा बाटोमा क्षति पुर्‍याउँदा मेलम्ची–हेलम्बु सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक बाढीले क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए।

यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए। गएराति भारी वर्षा हुँदा ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा त्रासले घर बाहिर बस्न बसेका थिए।

गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो। जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्