
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको तथ्याङ्क विधेयक, २०७६ प्रस्तुत् गर्नेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।











