Logo
Logo

३३ किलो सुन प्रकरणमा आज फैसला हुँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० साउन ।
सनम शाक्य हत्या र सुन तस्करी मुद्दाको फैसला आज सर्वाेच्चमा हुँदै छ । सो मुद्दामा आरोपीहरुलाई थुनामै राख्ने कि छाड्ने भनेर सर्वाेच्चले फैसला गर्न लागेको हो ।
करिब दुई साताको निरन्तर सुनुवाईपछि फैसला हुन लागेको हो । जिल्ला अदालतले थुनामा राखेका धेरै आरोपीलाई उच्च अदालतले छाडेपछि सरकारी वकिल सर्वाेच्च गएका हुन् ।


दुवैतर्फको बहस सकिएकाले आज फैसला हुने सर्वाेच्च स्रोत बताउँछ । जसमा एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, सञ्जय राउत एसपी विकास खनाल, सई बालकृष्ण सञ्जेल लगायतको विषयमा पनि फैसला हुने छ । पर्याप्त प्रमाण नभएपछि उनीहरु साधरण तारेखमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्