Logo
Logo

थपिएको समयभित्रै छानविन सक्ने समितिको तयारी


567
Shares

काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिले थप गरिएको समयसिमाभित्रै काम सक्ने तयारी गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा थप गरिएको समयसिमा भित्रै छानविनका बाँकी काम सक्ने गरि तयारी गर्न छलफल भएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मा र समाचार लेख्ने पत्रकारहरुको भनाईका बारेमा पनि बैठकमा छलफल भएको थियो । समितिको अर्को बैठक आइतबार बस्ने र छानविनका थप प्रक्रिया सुरु गरिने सचिव अर्यालले बताए ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो भने समितिको म्याद सात दिन थप गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्