Logo
Logo

माओवादी आगामी निर्वाचनमा बलियो पार्टीको स्थापित : प्रचण्ड


945
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई देशको बागडोर लिनेबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा जसपाबाट माओवादी प्रवेश गर्ने नेता कार्यकर्तालाई स्वागत गर्दै उनले आगामी निर्वाचनमा बलियो पार्टीको स्थापित हुने दावी गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । यो देशका जाति जनजाति,आदिवासी, दलित, महिला, मुस्लिम सबै श्रमजीवी जनताको हक अधिकार स्थापित हुँदैन । पर्सामा माओवादी कमजोर छ । यो पार्टी प्रवेशले नयाँ उत्साह थप्ने छ । आउने निर्वाचनमा माओवादीलाई यो देशको बागडोर लिनबाट कसैले रोक्ने छैन ।’

प्रचण्डले पार्टी प्रवेश गरेर आउने नेता कार्यकर्तालाई विना आग्रह विना हिचकिचाहट जिम्मेवारी दिने बताए । पार्टीमा भएका नयाँ र पुराना सबै नेता कार्यकर्ता हार्दिकतापूर्वक मिलेर काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्