Logo
Logo

वैवाहिक अंगीकृतमा नयाँ व्यवस्था गर्न सकिएन : गृहमन्त्री


9.6k
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक सहमति नजुटेका कारण नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृतका विषयमा नयाँ व्यवस्था गर्न नसकेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री खाणले अहिले विधेयक पास गर्नुको मुख्य उद्देश्य जन्मसिद्ध नागरिकको सन्तानलाई नागरिकता दिनु नै भएको बताए ।

राज्य व्यवस्था समितिको प्रतिवेदनमा सबै दलको सहमति नजुटेका कारण ७ वर्षे प्रावधान अहिलेको विधेयकमा आउन नसकेको भन्दै गृहमन्त्री खाँणले भने,
‘हाम्रो बीचमा सहमति जुटाउने प्रयत्न गर्दागर्दै नागरिकता विधेयक अगाडि बढेन, राज्य व्यवस्था समितिले लामो छलफलपछि पठाएको प्रतिवेदमा पनि सहमति जुटेन ।’

उनले भने, ‘त्यो प्रतिवेदनमा सहमति जुटेको भए पनि समस्या समाधान हुने थियो । अहिले यो विधेकय पास भएन भने जसले पाउनुपर्ने लाखौंले पाउँदैनन् ।’

वैवाहिक अंगीकृतका विषयमा दलीय सहमतिका लागि प्रयास गर्ने र सहमति जुटेमा पछि अगाडि बढाउने गृहमन्त्री खाँणले बताए । उनले भने, ‘सहमति जुटेको अवस्थामा यसलाई अगाडि बढउने हाम्रो प्रतिवद्धता रहिरहन्छ । यसमा सहमति नजुटेका कारण लाखौंलाखले नागरिकताबाट वञ्चित भएका छन् ।’

प्रतिक्रिया दिनुहोस्